सप्तरीको खडक नगरपालिका मेयरमा माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
२० पटक हेरिएको
Shares
सप्तरीको खडक नगरपालिका मेयरमा माओवादी विजयी

सारांश

  • सप्तरी।
  • सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन्।
  • उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

सप्तरी। सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन्।

उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे।

उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यासमिन सुल्तान खातुनले तीन हजार २ सय १० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन्।

नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८ सय ४३ मात्र प्राप्त गर्न सके।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?