१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
सारांश
- प्रदेश २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् ।
- १३६ मध्ये १७ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस अगाडि देखिएको छ भने एमालेले पछ्याएको छ ।
- आज बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् ।
प्रदेश २ मा असोज २ गते भएको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३६ मध्ये १७ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेस अगाडि देखिएको छ भने एमालेले पछ्याएको छ ।
आज बिहान १० बजेसम्मको अपडेटमा कांग्रेसले ५ र एमालेले चार स्थानीय तह जितेका छन् ।
माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुई/दुई स्थानीय तह जितेका छन् ।
केही स्थानीय तहको मतगणना अन्तिममा पुगे पनि औपचारिक घोषणा हुन बाँकी रहेकाले यहाँ समेटिएको छैन । अग्रताको हिसाबले नेपाली कांग्रेसले पहिलो स्थान कायमै राखेको छ ।
कहाँ कसले जिते ?
कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका,धनुषा
२. जनकनन्दिनी गाउँपालिका,धनुषा
३. नवराजपुर गाउँपालिका,सिरहा
४. बिष्णुपुर गाउँपालिका,सप्तरी
५. धनकाैला गाउँपालिका
एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा
माओवादीले जितेको स्थानीय तह
१. कर्जन्हा नगरपालिका,सिरहा
२.अर्नामा गाउँपालिका,सिरहा
संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिराह
राजपाले जितेका स्थानीय तह
१. हंशपुर नगरपालिका,धनुषा
२.कौडेना गाउँपालिका,सर्लाही
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका,रौतहट
२.बिष्णु गाउँपालिका,सर्लाही
प्रतिक्रिया