लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाइदैं

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाइदैं

सारांश

  • काठमाडौं, १५ पुस ।
  • कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी आज मनाईदैछ ।
  • पौड्यालको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उनको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् ।

काठमाडौं, १५ पुस । कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी आज मनाईदैछ । पौड्यालको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उनको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् ।

विसं १९४१ को पुस १५ मा कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको अर्घौँ अर्चेलमा जन्मिएका कविशिरोमणिको जन्मजयन्तीको अवसरमा आइतबार उनको जन्मथलोमा विशेष कार्यक्रम हुँदैछ ।

कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गंगा गौरीसहितका महाकाव्य, लालित्य कविता संग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र कविताहरु प्रकाशित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?