नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

सारांश

  • काठमाडौं ।
  • ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।
  • विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पु¥याएका हुन् ।

काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।

विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पु¥याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पु¥याएका हुन् ।

नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभललगायत रहेका छन् । प्रत्येक कम्पनीबाट ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिन्छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले जिडीएस कम्पनीका नाममा नेपालका ट्राभल कम्पनीलाई मेल पठाएर विदेशी ह्याकरले रातारात विदेशबाट टिकट काटेको बताउनुभयो । ‘ह्याकरले जिडीएसको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्’, उनले भने ।

ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताए । पीडित ट्राभल कम्पनीले भने साइबर ब्यूरोमा मुद्दा हालिसकेका छन् । नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जिडीएस सेवा प्रदान गर्दै आइरहेका छन् ।

नेपालका ट्राभल कम्पनीलाई जिडीएस सेवा प्रदान गर्दै आइरहेको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले विदेशी ह्याकरले नेपालमा सेवा दिँदै आएका जिडीएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताए ।

उनले जिडीएस कम्पनीमार्फत आएका मेललाई ट्राभल कम्पनीले पासपोर्ड र युजरनेम शेयर गर्नुअगाडि त्यो इमेल आधिकारीक निकायबाट आएको हो की होइन भन्ने निश्चित गरेरमात्र शेयर गर्न आग्रह गरे ।

उक्त घटनापछि सेवरले आफ्नो सेवा प्रयोगकर्ता ट्राभल कम्पनीको हितलाई ध्यानमा राखेर आफ्नो ‘सेक्युरेटी फिचर’लाई अझै बलियो र परिस्कृत बनाएको महाप्रबन्धक बुढाथोकीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा
३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर नेकपाको प्रचण्ड समूह निर्वाचन आयोगमा
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो
यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या
यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
तीज व्रत महिला-पुरुष दुवैले गर्नुपर्ने शास्त्रीय मत
तीज व्रत महिला-पुरुष दुवैले गर्नुपर्ने शास्त्रीय मत
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री
जलवायु परिवर्तन मानवताका लागि गम्भीर चुनौती : प्रधानमन्त्री