मालपोतका कर्मचारी घुससहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २३, २०७७
|
|
२६ पटक हेरिएको
Shares
मालपोतका कर्मचारी घुससहित पक्राउ

सारांश

  • मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।
  • मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका वडा नं.
  • (२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।

मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका वडा नं.(२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट ११ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको साथै नायब सुब्बा बेदनिधी बरालसमेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?