भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे

सारांश

  • काठमाडौं।
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।
  •  समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ। सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए।

गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए। यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ। कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ।

(https://mundonow.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
रहस्यमय बन्दै घटना, दैलेखमा मगाइएकै थिएन गाई
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने
उदयपुरमा टिप्परको ठक्करबाट २ को मृत्यु
उदयपुरमा टिप्परको ठक्करबाट २ को मृत्यु
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
प्रधानमन्त्री कप क्रिकेट : हरी गौचन चम्किए, हेट्रिक सहित ४ विकेट
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ

तपाईंले छुटाउनुभयो कि?