भाग्दै गरेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको यस्तो आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
भाग्दै गरेका प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको यस्तो आग्रह

सारांश

  • काठमाडौं , २४ पुस ।
  •   विवादित भइने डरले निर्णय नै नगरी भागिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी राजधानी सबै जनतालाई सहज हुनेगरी तोक्न सरकारसँग आग्रह गरेकी छन् ।
  • प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा औपचारिक जानकारी गराउन राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले त्यस्तो आग्रह गरेकी हुन् ।

काठमाडौं , २४ पुस ।  विवादित भइने डरले निर्णय नै नगरी भागिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशको अस्थायी राजधानी सबै जनतालाई सहज हुनेगरी तोक्न सरकारसँग आग्रह गरेकी छन् । प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा औपचारिक जानकारी गराउन राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले त्यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले संविधानको परिधिभित्र रहेर आफ्नो काम–कारबाहीलाई अघि बढाउन आग्रह गरेकी हुन् । जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। सो क्रममा राष्ट्रपति भण्डारीले सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन्।

प्रधानमन्त्री देउवाले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै हाललाई अस्थायी राजधानी तोक्ने तयारी मात्र गरेको जानकारी गराए।

भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई औपचारिक जानकारी गराएका थिए।

शिखर न्युजकाे बिशेष अन्तर्वाता पनि हेर्नुहाेस

https://www.youtube.com/watch?v=WiCg2yhhLEY

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pramesh Bishwas

    Good job

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?