हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
हेलिकप्टर दुर्घटनमा निधन भएका मन्त्री अधिकारीसहितलाई टुँलिखेलमा श्रद्धाञ्जलि सुरु

सारांश

  • काठमाडौं।
  •   ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई टुँडिखेलमा राखेर श्रद्धाञ्जलि दिइँदै छ।
  • मन्त्री अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायतले अन्तिम श्रद्धान्जलि दिएका थिए।
काठमाडौं।  ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई टुँडिखेलमा राखेर श्रद्धाञ्जलि दिइँदै छ।
मन्त्री अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायतले अन्तिम श्रद्धान्जलि दिएका थिए।
बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ ।
शव जलेर नचिनिने भएको र टुक्रा टुक्रा शवलाई एन्टीमार्टममा ढिलाई हुने भएकाले बिहीवार अपरान्ह ३ बजे टुँडिखेलमा दिने भनिएको सो सम्मान शुक्रबार सारिएको थियो।
मन्त्री अधिकारीको शवलाई शुक्रवार विहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा राखिने मन्त्री अधिकारीको सचिवालयले जनाएको छ । उनको शवको सद्गद् उनकै गृह जिल्ला कास्की (पोखरा) मा गर्ने बताइएको छ । ११ बजेपछि सेनाको हेलिकप्टरबाट पोखरा लगी अपराह्न्न शव यात्रापछि वेलुका अन्तेष्टि गर्ने जनाइएको छ ।
उक्त दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
कांग्रेसले चुनाव हारे जनताले दुः ख पाउँछन् : देउवा
पृथ्वीनारायण शाहदेखि कमल थापासम्मको राष्ट्रवाद
पृथ्वीनारायण शाहदेखि कमल थापासम्मको राष्ट्रवाद
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध
माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार
सरकार र राजपाबीच सहमति : चुनावमा सहभागी हुन राजपा तयार