भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
४३ पटक हेरिएको
Shares
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने

सारांश

  • एजेन्सी, ८ मंसिर ।
  • भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ ।
  • अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो ।

एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार अक्सफोर्ड भ्याक्सिन ७० लाख स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका दुई करोड मानिसहरुलाई शुरुमा दिइनेछ । भारत सरकारले आधा मूल्यमा भ्याक्सिन उपलब्ध गराउने जनाइएको छ । सेरम कम्पनिले उत्पादन गर्ने अक्सफोर्ड भ्याक्सिनको अधिकतम मूल्य छ सय भारु पर्नेमा स्वास्थ्यकर्मी र अग्रपंक्तिका कोरोनाविरुद्धका सक्रियहरुलाई आधा मूल्यमा उपलब्ध हुनेछ ।

भारतले उमेर समूह र कामको प्रकृति हेरेर भ्याक्सिन पाउनेलाई प्राथमिकतामा राख्ने जनाइएको छ । पहिलो प्राथमिकतामा वृद्धवृद्धा पर्नेछन् ।

भारतको सेरम कम्पनिले अक्सफोर्ड भ्याक्सिन उत्पादनको अनुमति पाएको छ । भारत आफैले पनि भ्याक्सिनको विकास गरिरहेको छ । उसले आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिहेको छ । जुन सन् २०२१ को मध्यसम्ममा प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो !
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो !
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर
सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने
असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने
यसकारण मधेशमा पसेन वामगठबन्धनको ‘हुरी’ !
यसकारण मधेशमा पसेन वामगठबन्धनको ‘हुरी’ !
गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
चेन्नई पन्जाबसँग पराजित
चेन्नई पन्जाबसँग पराजित