असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

सारांश

  • प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ ।
  • भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको बताइएको छ ।
  • सो कार्यालयले प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकललाई साविक नारायणी अञ्चलमा दर्ता रहेका नम्बरलाई खारेज गरी हाल प्रदेशको कोड नम्बरसहित नयाँ नम्बरमा दर्ता गरिएको जनाएको छ ।

प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ ।भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि सञ्चालनमा रहेको बताइएको छ । सो कार्यालयले प्रदेशअन्तर्गत रहेको चितवनका दुई हजार ५०० मोटरसाइकललाई साविक नारायणी अञ्चलमा दर्ता रहेका नम्बरलाई खारेज गरी हाल प्रदेशको कोड नम्बरसहित नयाँ नम्बरमा दर्ता गरिएको जनाएको छ ।

कार्यालयका अनुसार विभिन्न जिल्लाका यातायात कार्यालयबाट सवारी अनुमतिपत्र प्राप्त गरेका पुराना एक हजार २०० व्यक्तिको अनुमतिपत्रलाई पनि यहाँ अहिले नवीकरण गर्ने कार्य सम्पन्न गरिएको छ । उक्त कार्यालयमा दैनिक ३५ देखि ४० सम्म व्यक्तिले सवारी अनुमतिपत्र नवीकरणका लागि आवेदन दिने गरेका बताइएको छ । सो कार्यालयले आव २०७५÷७६ मा विभिन्न स्रोतको राजश्ववापत रु २६ करोड ११ लाख ४८ हजार थप राजश्व असुली गरेको जनाएको छ ।

अब केही हप्ताभित्रै सडकको अनुगमन गरी प्रदूषणको नियन्त्रण गर्ने प्रविधिको परीक्षण गर्न एवं उच्च भारबहन गर्ने सवारीसाधनलाई प्रत्यक्ष निगरानी गरी क्षमताभन्दा बढी भारबहन गर्ने सवारीसाधनलाई कानूनी कारवाही अगाडि बढाउने क्रममा थप अधिकार प्रत्यायोजनका लागि यातायात सवारी ऐनको संशोधन गर्न प्रदेशसभामा विधेयक दर्ता भइसकेको प्रदेश यातायात व्यवस्था सेवा कार्यलयका प्रमुख पोषण थापाले बताउनुभयो ।

हाल सवारी अनुमतिपत्रको स्मार्टकार्ड काठमाडौँमात्रै छापिने व्यवस्था भएकाले यातायात ऐन संशोधन भएपछि हेटौँडास्थित प्रदेश यातायात कार्यालयबाट आगामी केही महीनाभित्रै प्रदेशका १३ जिल्लामा सवारी अनुमतिपत्रका लागि नयाँ स्मार्टकार्ड विवरण गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको प्रमुख थापाले जानकारी दिनुभयो । प्रदेश नं २ को वीरगञ्जको यातायात व्यवस्था कार्यालयबाट केही समयअघिदेखि दिँदै आएको सवारी अनुमतिपत्रलाई खारेज गरी ३ नं प्रदेश यातायात कार्यालयबाटै वितरण गर्ने अधिकार प्रत्यायोजित भइसकेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु
कोरोना आशंकामा आइसीयूमा रहेका युवाको मृत्यु
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
डाइनेस्टी हेलिकप्टर दुर्घटनामा सरकारले बनायो छानविन समिति
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा
स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
किन बेच्दैछिन् १२ करोडमा यी युवतीले कुमारित्व ?
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
‘डंकिनी मोरी’ आयो, कालरात्री ब्याण्डको पुरागमन
‘डंकिनी मोरी’ आयो, कालरात्री ब्याण्डको पुरागमन
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

तपाईंले छुटाउनुभयो कि?