भारतमा बामपन्थीहरुको धुलाई, सीताराम यचुरीको दललाई जम्मा १ सिट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
भारतमा बामपन्थीहरुको धुलाई, सीताराम यचुरीको दललाई जम्मा १ सिट

सारांश

  • भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ ।
  • ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो ।
  • २००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो ।

भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो । २००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ ।
बंगालमा त्रिणमुल कंग्रेसले ४३.९५ मतसहित २२ र भाजपाले ४०.२५ मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२५ मतसहित २ सिट जितेको छ ।

तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९५ मत पाएको छ । त्रिपुरामा १७.३३५ मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१५ छ ।

त्यस्तै, केरला राज्य सरकारमा सत्तारुढ दल सो पार्टीले २५.६९५ मत ल्याएर पनि जम्मा एक सिटमा अग्रता लिएको छ । भारतभर उसले पाएको अग्रता यही हो । उता, ३७.२७५ मतका साथ कंग्रेसले केरलामा १५ सिट जितेको छ । २० मध्ये बाँकी चार सिट पनि उसैका सहयोगीले पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?