काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
सारांश
- पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.
- डा.
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर १ हजार ४१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा मात्रै ४०८ जनालाई पुष्टि भएको छ । काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जनालाई कोरोना पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । सोमध्ये निको हुनेको संख्या २७ हजार १२७ रहेको छ । २४ घण्टामा १ हजार ५६६ जना डिस्चार्ज भए । यस्तै २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण भयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया