वार्नरको अन्तिम खेलमा हैदरावाद विजयी
सारांश
- काठमाडौं ।
- आईपीएलको सोमबार भएको खेलमा सनराइजर्स हैदरवादले किंग्स एलेभेन पञ्जावलाई ४५ रनले पराजित गरेको छ ।
- २१३ रनको लक्ष्य पाएको पञ्जावले १७६ रनमात्र बनाउन सक्यो ।
काठमाडौं । आईपीएलको सोमबार भएको खेलमा सनराइजर्स हैदरवादले किंग्स एलेभेन पञ्जावलाई ४५ रनले पराजित गरेको छ । २१३ रनको लक्ष्य पाएको पञ्जावले १७६ रनमात्र बनाउन सक्यो ।
पञ्जावका लागि केएल राहुलले ५६ बलमा ७९ रन बनाए पनि अर्को इण्डबाट सहयोग नपाउँदा टिम ठूलो रनअन्तरले पराजित हुन पुग्यो । राहुलले आफ्नो साहासी इनिंगमा ४ चौका र ५ छक्का प्रहार गरे ।
विशाल लक्ष्य पाएको पञ्जावका लागि क्रिस गेल नचलेपछि संकट परेको हो । गेल ४ रन बनाएर आउट भए ।
हैदरावादका लागि खलिल अहमद र राशिद खानले ३–३ विकेट लिए भने सन्दीप शर्माले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले घरेलु मैदानमा ६ विकेटमा २१२ रन बनाएको थियो । जारी आईपीएलको अन्तिम खेल खेलिरहेका डेबिड वार्नरले जारी आईपीएलमा आठौं अर्धशतक बनाउनेक्रममा ५६ बलमा ८१ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए ।
वार्नर जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्षमा रहँदै ६४४ रन बनाएका छन् । वार्नर अष्ट्रेलियाको विश्व कप खेल्ने टिममा रहेकाले उनी स्वदेश फर्किनेछन् ।
जितसँगै हैदरावादले अंक तालिकामा १२ अंक जोडेर प्लेअफ दौडमा कायम राखेको छ । उता हारसँगै पञ्जावको प्लेअफ दौड भने संकटमा परेको छ । दुई टिम प्लेअफमा पुगिसकेकाले अब १४ अंक बनाएको मुम्बई, १२ अंक रहेको हैदरावाद, १० अंक भएको कोलकाता र १० अंक नै भएको राजस्थान बाँकी दुई स्थानका लागि प्रतिस्पर्धामा छन् । प्लेअफमा शीर्ष चार टिम पुग्नेछन् ।
प्लेअफमा पुग्न कम्तिमा १४ अंक आवश्यक पर्ने भएकाले मुम्बईको सम्भावना बलियो देखिएको छ भने राजस्थानको सम्भावनाबसैभन्दा कमजोर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया