ला लिगा : बार्सिलोना विजयी, रियलको अर्को हार
सारांश
- एजेन्सी ।
- स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ ।
- घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २(० को जित हात पारेको हो ।
एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २(० को जित हात पारेको हो । बार्सिलोनाका लागि अर्टुरो भिदालले ३९ मिनेटमा पहिलो गोल गर्दा खेल सकिन एक मिनेट बाँकी छदा गेटाफेका डाकोनामले आत्मघाती गोल गरेका थिए ।
यता दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई सेभिल्लाले १(१ को बराबरीमा रोकेको छ । रियल म्याड्रिड भने पराजित भएको छ । रियललाई रियल सोसिडाडले ३(१ ले पराजित गरेको हो । रियालका लागि ब्रहिम डियासले छैटौं मिनेटमा गोल गरे पनि सोसिडाडले तीन गोल फर्काएको थियो ।
लिगको उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेलअघि ८६ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७५ र तेस्रो स्थानको रियलको ६८ अंक छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया