मदन भण्डारी नामाकरण गर्दा आदिवासी रंगशाला निर्माण अलपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
मदन भण्डारी नामाकरण गर्दा आदिवासी रंगशाला निर्माण अलपत्र

सारांश

  • काठमाडौं, ७ जेठ ।
  • रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिकामा रहेको निर्माणधिन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ ।
  • वि.

काठमाडौं, ७ जेठ । रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिकामा रहेको निर्माणधिन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ ।

वि. सं. २०६६ सालमा शिलान्यास भएको आदिवासी रंगशालाको नाम मदन ‘भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’ परिवर्तन गरी बजेट विनियोजन भएपछि निर्माण कार्य अलपत्र भएको हो ।

२०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो । सोहि सहमति अनुसार नेपाल सरकारमार्फत बजेट बिनियोजन भएर रंगशाला निर्माण सुरु भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा रंगशालाको नाम परिवर्तन गर्ने काम भएपछि निर्माण अलपत्र परेको आदिवासी रंगशाला तथा स्मृति पार्कले आरोप लगाएको छ ।

रंगशाला निर्माणका लागि बजेट माग्न काठमाडौं आएको आदिवासी रंगशाला तथा स्मृति पार्कको टोलीले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीकै कारण रंगशाला निर्माण अलपत्र परेको आरोप लगाएका हुन । पत्रकार सम्मेलनमा बोल्दै आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले प्रधानमन्त्री ओलीले आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा बजेट बिनियोजन गरिएपछि निर्माण रोकिएको बताए ।

विकासका लागि आफ्नो संस्कार र संस्कृतिसंग जोडिएको पीतापूर्खाको चिहान भत्काउन तयार भएको आदिवासी प्रति धोका दिने काम कदापी स्वीकार्य नहुने अध्यक्ष राईको भनाइ रहेको छ । उनले भने, हामी बिकास बिरोधी होइनौ तर विकासको नाममा पहिचान नै मेटिन कदापि दिन्नौँ ।
सरकारले पहिलो पटक आर्थिक बर्ष २०६७÷०६८ मा ‘आदिवासी रंगशाला’ निर्माणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो ।

तत्कालीन रक्षामन्त्री तथा वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीले शिलान्यास गर्नु भएको ‘आदिवासी रंगशाला’कै नाममा दोस्रो पटक पनि आर्थिक बर्ष २०७०÷०७१ मा डेढ करोड र तेस्रो पटक आर्थिक वर्ष २०७१÷०७२ मा ३५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । उक्त बजेटबाट रंगशाला क्षेत्रमा रहेको चिहान भत्काउने, मैदान सम्याउने, स्मृति स्तम्भ निर्माण लगायतका आधारभूत काम भएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७२÷०७३ मा भने आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’को नाममा ४० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । तर, आदिवासी समुदायको बिरोधपछि उक्त रकममार्फत काम हुन सकेन । त्यसपछि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आर्थिक वर्ष २०७३÷०७४ मा पनि ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा एक करोड बजेट बिनियोजन भयो । नाम परिवर्तनकै विषयलाई लिएर आदिवासीले विरोध गरेपछि उक्त रकम समेत फ्रिज भयो ।

आदिवासी समुदायले लामो समयदेखि समाधिस्थलको रुपमा प्रयोग गर्दै आएको उत्त क्षेत्रमा द्धन्द्धकालमा सशस्त्र प्रहरी बल पाथिभरा गण स्थापना पछि समाधिष्टमा रोक लगाइएको थियो । समाधिस्टमै रोक लगाइएपछि आदिवासी समुदायले विरोध गरेका थिए । आदिवासीको विरोधपछि सशस्त्र प्रहरीको मातहतमा रहेको उक्त क्षेत्रमा आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण गर्ने र पुरानो समाधिस्थलको पूर्व क्षेत्रमा समाधिका लागि ठाउँ दिने सहमति भएको थियो । सोहि सहमतिपछि त्यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिगंवतहरुको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण सुरु भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bharat Ghimire

    Dear prime minister if u really want to help the unemployed youths of your country, than take sharp action against, the manpower who take heavy amount of money, inspite of having qualification during the recruitment proccess to GCC nations. Don’t just pretend that u love ure citizens by planting trees, but prove it by doing what is the most important task ??? Don’t just make rules and department, but implement them and monitor and ensure.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु
डोरियन आँधीबाट बहमासमा बीसको मृत्यु
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
एक जोर जुत्ताको मुल्य चार करोड ८३ लाख ८० हजार
एक जोर जुत्ताको मुल्य चार करोड ८३ लाख ८० हजार
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड
मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड
​एमालेलाई पाखा लगाउन खोज्दै प्रचण्ड…
​एमालेलाई पाखा लगाउन खोज्दै प्रचण्ड…

तपाईंले छुटाउनुभयो कि?