भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२७ पटक हेरिएको
Shares
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा

सारांश

  • बिजुलीको तार भूमिगत गर्ने योजनालाई नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कडा चुनौती दिएपछि तरंग आएको छ ।
  • यसले सर्वत्र चासो बढाएको छ ।
  • शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत गर्ने योजनाको उदघाटन गत फागुन ५ गते प्रधानमन्त्री ओलीले गरेका थिए ।

बिजुलीको तार भूमिगत गर्ने योजनालाई नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कडा चुनौती दिएपछि तरंग आएको छ । यसले सर्वत्र चासो बढाएको छ । शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत गर्ने योजनाको उदघाटन गत फागुन ५ गते प्रधानमन्त्री ओलीले गरेका थिए । तर, नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले तार भूमिगत गर्ने काम गलत भएको बताइसकेका छन् ।

आफनो गृहजिल्ला अर्घाखाँची पुगेका मन्त्रीले तार भूमिगत गर्ने काम खतरनाक रहेको भन्दै यस्तो खतरनाक योजना किन अघि बढाइएको हो ? भनेर प्रश्नसमेत गरेका थिए । उनको थियो, ‘कति साथी मर्ने हुन्,कुलमानजीहरूले नै अन्डरग्राउण्ड बिजुली बनाउन थालेका हुन् । त्यहाँ एस्काभेटरले खन्न थाल्यो भने त्यो खन्ने मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइरहेको छ ।’

मन्त्री रायमाझीले खतरनाक काम भन्दै गर्दा तार भूमिगत गर्ने मुख्य योजनाकार नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भन्दै कडारुपमा आफ्नो तर्क राखेका छन् । उनी भन्छन्,‘पोलमा टाँगिने तारभन्दा भूमिगत तार सयौं गुणा सुरक्षित हुन्छन् ।’ उनको दाबी थियो ‘तार अन्डरग्राउण्ड गर्नुको विकल्प छैन,यो जत्तिको बाहिर टाङ्गिएको तार सुरक्षित हुनै सक्दैन’

भूमिगत तार असुरक्षित हुन्छ उदारणका लागी टेकुदेखी सिंहदरबारसम्म ६६ केभीको लाइन २० वर्षदेखि जमिनमुनि नै छ । खै, खतरनाक भयको ? उनको प्रश्न छ ।

भूमिगत तार सुरक्षित हुने घिसिङ्गको दाबी छ । विश्वका धेरै आधुनिक शहरमा बिजुलीका तार अन्डरग्राउण्ड गरिएको भन्दै नेपालमा पनि सम्भव भएको बताएका छन् ।

बर्तवानका लागि मात्र नभई यो योजना दीर्घकालिन योजना भएको भन्दै प्रतिप्रश्न समेत गरे । वृहत छलफल र अध्ययन गरेर मात्र आफूहरुले काम अगाडि बढाइएको उनको दाबी छ । उनले भूमिगत तार सुरक्षित, गुणस्तरीय र टिकाउ भयको जिकिर समेत गरेका छन् ।

(editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
राष्ट्रपति भण्डारी भोजपुर जाँदै
राष्ट्रपति भण्डारी भोजपुर जाँदै
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
मुला भनेर नहेपौ, अनगिन्ती फाइदा छन् मुलाको
मुला भनेर नहेपौ, अनगिन्ती फाइदा छन् मुलाको
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो
पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?