भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ।
  • नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेको हो।

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ।नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेको हो। अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।

अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ। विरोध प्रर्दशनपछि आयोजित कोणमा सभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्।

इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको नेपाल राष्ट्र, नेपाली जनता र युवा विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि संयोजक महरको भनाई छ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध हुँदै आएको छ।

यसैबीच, नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ।दूतावास अगाडि नै विरोध प्रदर्शनका क्रममा भारतीले जारी गरेको उक्त नक्सा समेत जलाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
दशैंमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
पदकको आशा गरिएकी खेलाडी साग छोडेर सुटुक्क वैदेशिक रोजगारमा
पदकको आशा गरिएकी खेलाडी साग छोडेर सुटुक्क वैदेशिक रोजगारमा
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल
उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
तनहुँमा रामचन्द्र पौडेल करिब १३ सय मतले पछि परे
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
बराह नगरपालिकामा ८८ करोड ६३ लाखमा सर्प दशको औषधि उत्पादन गरिने ।
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

तपाईंले छुटाउनुभयो कि?