भारत–पाकिस्तानबीचको युद्धले कश्मिरको समस्या समाधान हुन्छ?
सारांश
- बीबीसी।
- पुलवामा ४० सीआरपीएफ जवानको ज्यान जाने गरी १४ फेब्रुअरीमा भएका आतंकवादी आक्रमण आतंकित पार्ने खालको थियो।
- विस्फोटपछि बाँकी रहेको बसको टुक्रा र टाढा टाढासम्म पुगेका शरीरको केही भाग निकै भयानक थियो।
बीबीसी। पुलवामा ४० सीआरपीएफ जवानको ज्यान जाने गरी १४ फेब्रुअरीमा भएका आतंकवादी आक्रमण आतंकित पार्ने खालको थियो। विस्फोटपछि बाँकी रहेको बसको टुक्रा र टाढा टाढासम्म पुगेका शरीरको केही भाग निकै भयानक थियो।
आक्रमणको केही घण्टापछि पाकिस्तान आधारित जैश–ए–मोहम्मदले जिम्मा लियो। जसरी यो आक्रमण भारतीय संचारमाध्यम र सामाजिक संजालमा जसरी देखाइयो त्यसले देशभर शोकको माहोल बन्यो।
दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएका जवानलाई श्रद्धान्जलि दिएको लाइभ टेलिभिजनमा देखाएइको थियो। उक्त दृष्य हेरेपछि मानिसमा आक्रोश पैदा भएको छ। जनआक्रोशले सरकारमाथि केही न केही गर्न दवाब बढ्यो।
एक टेलिभिजन च्यानलले ४० जवानमो ज्यानको बदलामा ४००० पाकिस्तानी अर्थात एकको बदलामा १०० ज्यान लिनुपर्ने मागसम्म गर्न भ्यायो।
के भारत र पाकिस्तानबीच युद्ध जरुरी छ? पुलवामा आक्रमणपछि मानिसहरुको भावनालाई हेर्दै के यो अनिवार्य छ र के पाकिस्तान समर्थित आतंकवादी जस्ता जटिल समस्याको समाधान हुन्छ?
मलाइ के लाग्छ भने भारतले कुनै पनि प्रकारको सैन्य जवाफ दिने संभावना धेरै छ। कहिले र कसरी दिने भन्ने विषय अड्कलको विषय हो।
तर के यसबाट पुलवामा आक्रमणपछि उत्तेजक बनेको माहोलमा केही परिवर्तन हुन्छ? हुँदैन किनभने स्वभाविक छ की भारतद्वारा गरिने कुनै सैन्य कारवाहीको जवाफमा पाकिस्तानले पनि कुनै प्रतिक्रिया जनाउँछ।
दुवै द ेश परमाणु शक्ति सम्पन्न छन् र यही कारण विश्व समुदायले यो युद्धमा दखल दिनुपर्छ र कुनै प्रकारको मध्यस्थता पनि गनुपर्छ।
तर सैन्य कारवाहीले मुख्य समस्याको समधान गर्दैन। जैश–ए–मोहम्मद जस्ता समूहलाई पाकिसनमा संरक्षण प्राप्त छ र कश्मिरका एक भारतीय युवालाई यस्ता खतरनाक र आत्मघाती कदम उठाउन तयार पार्न सकिन्छ।
वास्तविकता के छ भने भारत १९९० देखि पाकिस्तानकातर्फबाट छद्म युद्धको सामना गरिरहेको छ। र यो युद्ध आतंकवादीमार्फत चलाइएको छ। जसका कारण भारतले आतंकवादी आक्रमणको सामना गर्नु परेको छ।
तपाइँ भारतमा विगत २५ वर्षदेखि भएको आतंकवादी आक्रमणलाई हेरिरहनु भएको छ। यसमा डिसेम्बर २०११ मा भारतीय संसदमा भएको आक्रमण पनि पर्छ। जुन वाजपेयी सरकारको पालामा भएको थियो। त्यसपछि नोभेम्बर २००८ मा मनमोहन सिंहको सरकारको पालामा मुम्बईमा आतंकवादी आक्रमण भएको थियो भने फेब्रुअरी २०१९ मा पुलवामा जवानमाथि आक्रमण भयो।
लश्कर–ए–तोयबा र जैश–ए–मोहम्मद जस्ता आतंकवादी संगठनलाई पाकिस्तानी खुफिया एजेन्सी अर्थात आईएसआईले संरक्षण गरिरहेको छ। जैश–ए–मोहम्मदले पहिलो आक्रमण अप्रिल २००० मा कश्मिरमा गरेको थियो। त्यो बला श्रीनगरमा भारतीय सेनाको १५ कप्र्स मुख्यालयलाई निशाना बनाइएको थियो।
पुलवामा एक भयावह र धेरै जनाको ज्यान लिने आक्रमण भएको छ। तर यो पहिलो आतंकवादी आक्रमण भने होइन। वर्तमान परिदृष्यलाई हेर्ने हो भने यो अन्तिम आक्रमण पनि मान्न सकिँदैन।
मैले यस्तो भन्नुको केही कारण छन्। त्यो हो जम्मू र कश्मिरको आन्तरिक सामाजिक–राजनीतिक स्थित। तपाइँ कश्मिरी युवाको असहमतिका विषयमा बढ्नुहुन्छ होला। केही पृथकतावादी नेताले सीमा पारबाट यो असहमतिको फाइदा उठाएका छन्।
बुरहान वानी (हतियार उठाउने कश्मिरी युवा जो पछि मारिए) को घटनापछि कश्मिरको अवस्था झन खराब भएको छ। सुरक्षार्कीमाथि ढुंगा प्रहारको घटना हुन्छन्। सुरक्षा फौजमा काम गर्ने स्थानीयलाई छुट्टीको बेलामा मारिएका धेरै घटना छन्।
मोदी सरकारकालागि दुखको कुरा के हो भने जम्मू कश्मिरमा बीजेपी र महबूबा मुफ्तीको पीडीपीबीच भएको गठबन्धनपछि पनि राम्रो परिणाम आएको छैन्। अहिले जम्मू कश्मिरमा राज्यपालको शासन व्यवस्था छ। र राज्यका दुई स्थानीय दल पीडीपी र फारुक अब्दुल्लाको नेशनल कान्फ्रेन्स राजनीतिक समाधान खोज्न सक्षम छैन। र राज्यमा फैलिएको असन्तोषलाई स्वीकार गर्छन्।
युद्धको स्थितिमा जम्मु कश्मिरको यो अवस्था अझै खराब हुनसक्छ। कुनै पनि प्रकारको सैन्य कारवाहीबाट केवल जनधनको क्षति हुन्छ।
चाँडै पाकिस्तान दुश्मनीलाई बढावा दिन्छ र यसपछि आर्थिक आक्रमण हुने आशंकालाई पनि अस्वीकार गर्न सकिँदैन।
तर यसको अर्थ भारतसँग कुनै विकल्प छैन भन्ने होइन। राजनीतिक रुपमा केही विकल्प छन् र केही अनुकुल आर्थिक वित्तीय परिस्थिति पनि जसको प्रयोगलाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नुपर्छ।
| Virus-free. www.avast.com |
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया