भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

सारांश

  • काठमाडौँ ।
  • छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ ।
  • भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो ।

काठमाडौँ । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । उनले नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए ।

मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको छ । कोभिड–१९ को नयाँ सव भेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ्ग र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल
माग पूरा नभएसम्म थप उपचार नलिने
पाँच लाख बालबालिका यद्धकाे जोखिममा !
पाँच लाख बालबालिका यद्धकाे जोखिममा !
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
ओलीले पाेखरामा भने-चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
‘छोरी बचाउ, छोरी पढाउ’ चित्रलाई ललितकला पुरस्कार
कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल मृतकको सख्या १८४० पुग्यो

तपाईंले छुटाउनुभयो कि?