भारत सँग नेपाल फाइनलमा पराजित, भारत च्याम्पियन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
भारत सँग नेपाल फाइनलमा पराजित, भारत च्याम्पियन

सारांश

  • विराटनगर ८,चैत।
  • नेपाल  पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ ।
  • विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

विराटनगर ८,चैत। नेपाल  पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ ।विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो ।

निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।

खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न नसक्दा पराजित हुन पुग्यो । ६३औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो । उनले एकल प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?