बदर मत दिन सिकाउने सिके राउतका कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।
  • राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार प्रसार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई शनिबार साँझ प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए। राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्जाको वितरण गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

सप्तरीमा २०७ मतदानस्थल अतिसंवेदनशील

स्वच्छ एवम् भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।

सप्तरी जिल्लामा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रजिअले बताएका छन्।

यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
जिते दिलबहादुरले मृत्युदण्ड, एकै दिन १५ लाख हस्तान्तरण, ऊर्जामन्त्री र पूर्वसभामुखले दिए १ लाख
२८ अर्ब रुपैयाँ खर्च हुदा पनि चार सय २० मात्र घर निर्माण
२८ अर्ब रुपैयाँ खर्च हुदा पनि चार सय २० मात्र घर निर्माण
थाहा पाउनुस् शनिबार जन्मिने मानिस कस्ता हुन्छन् ?
थाहा पाउनुस् शनिबार जन्मिने मानिस कस्ता हुन्छन् ?
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ
गफ नगरौँ, इमान्दार भएर काम गरौँ : धनराज गुरुङ
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी
असार ३० गते सोमबारको राशीफल यस्तो छ
असार ३० गते सोमबारको राशीफल यस्तो छ
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
दुम्सी मार्न खोज्दा आमाको मृत्यु छोराछोरी बेहोस
दुम्सी मार्न खोज्दा आमाको मृत्यु छोराछोरी बेहोस
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने