अपजस झेल्दै देउवा : तर भन्छन्, चुनाव नतिजा ‘अपेक्षित र स्वाभाविक’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अपजस झेल्दै देउवा : तर भन्छन्, चुनाव नतिजा ‘अपेक्षित र स्वाभाविक’

सारांश

  • काठमाडौं : ‘सर्छ/सर्छ’ भनिएको संघ प्रदेश चुनाव तोकिएकै मितिमा सफलतापूर्वक गराए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई चैन छैन।
  • तत्कालीन पहिलो ठूलो दल कांग्रेसका यी सभापतिलाई चुनावमा पार्टी पराजयको अपजस झेल्नै भ्याइनभ्याई छ।
  • देउवाले हाँकिरहेको कांग्रेसलाई यसपल्ट जनमतले तेस्रो वरीयतामा खुम्च्यायो।

काठमाडौं : ‘सर्छ/सर्छ’ भनिएको संघ प्रदेश चुनाव तोकिएकै मितिमा सफलतापूर्वक गराए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई चैन छैन। तत्कालीन पहिलो ठूलो दल कांग्रेसका यी सभापतिलाई चुनावमा पार्टी पराजयको अपजस झेल्नै भ्याइनभ्याई छ।

देउवाले हाँकिरहेको कांग्रेसलाई यसपल्ट जनमतले तेस्रो वरीयतामा खुम्च्यायो। निर्वाचनमा ‘अनपेक्षित परिणाम आएकाले’ नैतिकताका आधारमा राजीनामा दिन र विशेष महाधिवेशन बोलाउन उनलाई पार्टीभित्रैबाट तीव्र दबाब परिरहेको छ।

तर, देउवा आफैंले भने यो परिणामलाई ‘अपेक्षित र स्वाभाविक’ भनेका छन्। दोस्रो र तेस्रो ठूला पार्टीबीच गठबन्धन बनेपछि कांग्रेस कमजोर देखिनु स्वाभाविक रहेको निष्कर्ष देउवाले निकालेको उनी निकटस्थहरू बताउँछन्। देउवासम्बद्ध स्रोतका अनुसार निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीकहाँ कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ३२ सिट मात्रै जित्नसक्ने रिपोर्ट आएको थियो। जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उसले २३ सिट मात्रै जितेको छ।

मोरङ, कैलाली र मधेसमा सोचेजस्तो नतिजा नआएका कारण ३२ को ठाउँमा २३ सिट मात्रै जित्न सकिएको विश्लेषण कांग्रेसले गरेको छ। समानुपातिकतर्फ भने कांग्रेसले सोचेअनुसारै मत पाएको देउवा निकटस्थहरू बताउँछन्। उनीहरूका अनुसार बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री सशांक कोइरालालगायत नेतासँग निर्वाचन परिणामको समीक्षामा जुटेका देउवा अर्को साता केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने तयारीमा छन्।

‘निर्वाचनपछि हरेक जिल्लाबाट आएको रिपोर्टबारे प्रधानमन्त्रीसँग छलफल चलिरहेको छ,’ कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका नेता खाँण भन्छन्, ‘निर्वाचनअघि नै आन्तरिक रूपमा आएको रिपोर्ट, मतपरिणाम र त्यसपछि आएका रिपोर्टबारे सभापतिसहित केही शीर्ष नेताबीच छलफल भइरहेको छ।’

‘राजीनामा आउँदैन’

निर्वाचन सफलतापूर्वक सम्पन्न गराएपछि अब प्रधानमन्त्रीले राजीनामा कहिले देलान् भन्ने चर्चा सर्वत्र छ। तर, निकटस्थहरूले भने प्रधानमन्त्रीलाई राजीनामा दिनु नपर्ने सल्लाह दिएको स्रोतको दाबी छ।

दोस्रो र तेस्रो ठूला पार्टीबीच गठबन्धन बनेपछि कांग्रेस कमजोर देखिनु स्वाभाविक रहेको निष्कर्ष देउवाले निकालेको उनी निकटस्थहरू बताउँछन्।

राष्ट्रियसभा गठनलगत्तै नयाँ संसद्ले प्रधानमन्त्री चयन गरेपछि देउवा स्वतः प्रतिस्थापन हुने भएकाले राजीनामा दिनु नपर्ने उनका प्रेस संयोजक गोविन्द परियारले बताए। ‘निर्वाचन भइसकेको सन्दर्भमा उहाँले राजीनामा गर्नुपर्ने बाध्यात्मक अवस्था नै छैन’, उनले भने, ‘नयाँ संसद्ले प्रधानमन्त्री छानेपछि हालका प्रधानमन्त्री स्वतः प्रतिस्थापन हुनेछन्।’ उनका अनुसार देउवाले औपचारिक राजीनामा नदिने बरु सबै मतपरिणाम आएपछि विज्ञप्तिमार्फत निर्वाचन सफल बनाउन सबैले गरेको सहयोगप्रति धन्यवाद दिने मनस्थिति बनाएका छन्।

प्रधानमन्त्री देउवा यतिखेर मुख्यगरी प्रदेश प्रमुख र राजधानी तोक्ने गृहकार्यमा जुटेको परियारले जानकारी दिए। उनका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेशहरूको अस्थायी सदरमुकाम घोषणा गर्ने र अर्को साता मात्रै प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी छ। अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ
विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
६ महिनाको सम्झौताः दुई वर्षसम्म काम अधुरै !
६ महिनाको सम्झौताः दुई वर्षसम्म काम अधुरै !
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com
नागनागिनीको कथा भ्रम मात्र’: डा श्रेष्ठ
नागनागिनीको कथा भ्रम मात्र’: डा श्रेष्ठ
म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल
म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
एमसीसी सम्झौताले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छः प्रम देउवा
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 
कांग्रेसको संगठन बिस्तारमा लागे पुनर्निर्माणका सिइओ-एमाले 

तपाईंले छुटाउनुभयो कि?