उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्

सारांश

  • उत्तर कोरियाले आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउन संयुक्त राज्य अमेरिकासँग माग गरेको छ ।
  • नेता किम जाेङ-अन र राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखर बैठकपछि प्योङयाङले कैयौँ सद्‌भावपूर्ण कदम चालेको भन्दै उत्तर कोरियाले पछिल्लो माग गरेको हो ।
  • उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भनेको छ, उत्तर कोरियाले पारमाणिक परीक्षण बन्द गरेको, एउटा पारमाणविक परीक्षणकेन्द्र निष्क्रिय पारेको र कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेष हस्तान्तरण गरेको छ ।

उत्तर कोरियाले आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउन संयुक्त राज्य अमेरिकासँग माग गरेको छ । नेता किम जाेङ-अन र राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखर बैठकपछि प्योङयाङले कैयौँ सद्‌भावपूर्ण कदम चालेको भन्दै उत्तर कोरियाले पछिल्लो माग गरेको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भनेको छ, उत्तर कोरियाले पारमाणिक परीक्षण बन्द गरेको, एउटा पारमाणविक परीक्षणकेन्द्र निष्क्रिय पारेको र कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेष हस्तान्तरण गरेको छ । प्रतिबन्धहरू फुकुवा गर्नुअघि पूर्ण रूपमा निरस्त्रीकरण गर्नुपर्ने अमेरिकी माग असह्य भएको उत्तर कोरियाले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई नरोकेको बताएको तीन दिन नबित्दै प्योङयाङको भनाइ आएको हो । प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको थियो । स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई गत शुक्रवार बुझाएको थियो ।

गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका थिए ।यसअघि बलिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उनीहरूले द वाशिङटन पोस्ट पत्रिकालाई बताएका थिए ।

ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो ।भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए ।त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट ‘अब पारमाणविक खतरा नरहेको’ बताएका थिए ।

तर प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेकोमा गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो ।पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्योङयाङले अहिले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध झेलिरहेको छ । (बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीबाट रु २५ लाखको क्षति
आगलागीबाट रु २५ लाखको क्षति
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म खुल्ने
नदीको दोभानमा थुनिएका सत्ताइसजनाको उद्धार
नदीको दोभानमा थुनिएका सत्ताइसजनाको उद्धार
रोल्पाबाट खाता खोल्यो कांग्रेसले  , सुकीदह-१ मा प्यानलै विजयी
रोल्पाबाट खाता खोल्यो कांग्रेसले , सुकीदह-१ मा प्यानलै विजयी
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारसामू अघि सार्यो १२ बुँदे माग, पूरै तलब नदिए अख्तियार जाने चेतावनी
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?
प्रम ओलीले ६ वर्षपछि किन भेटे आफ्नो कडा आलोचक भुषाललाई ?
कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित
कोरोनाका कारण अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव स्थगित
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ