आइएफआरसीको महासचिवमा पुनः चापागाईं

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
५० पटक हेरिएको
Shares
आइएफआरसीको महासचिवमा पुनः चापागाईं

सारांश

  • कामठाडाैं।
  • रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्।
  • सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्।

कामठाडाैं। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्। सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्।

चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए। स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो। सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ। चापागाईंले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वाेच्च पदको नेतृत्व गर्नेछन्।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड-१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए। आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गर्दैआएको छ।

दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईंले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु। थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ।”

तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए। विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन्।

सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए। युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, संकटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ।

सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई आइएफआरसीले बर्सेनि मानवीय सहायता पुर्‍याउने गरेको छ। साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्छ। रासस

(https://store.spaceylon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सूचक देखिएको छः गभर्नर अधिकारी
मध्यपूर्वकी नेपाली मोडल चाँदनी
मध्यपूर्वकी नेपाली मोडल चाँदनी
बिकिनी लगाउँदा यी डाक्टर परिन् समस्यामा, खोसियो मेडिकल लाइसेन्स
बिकिनी लगाउँदा यी डाक्टर परिन् समस्यामा, खोसियो मेडिकल लाइसेन्स
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
बझाङ जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जनाको खनाखत
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल