पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन मनाउन ‘निर्मल निवास’मा तयारी तीब्र

सारांश

  • काठमाडौं ।
  • पूर्व राजा ज्ञानेन्द्र शाहको ७१औँ जन्मदिवस मनाउन निर्मल निवासमा तयारी सुरु भएको छ ।
  • पूर्व राजा शाहले असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् ।

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको ७१औँ जन्मदिवस मनाउन निर्मल निवासमा तयारी सुरु भएको छ ।

पूर्व राजा शाहले असार २३ गते महाराजगञ्जस्थित निर्मल निवासमा विशेष कार्यक्रम राखेका छन् । सो दिन शुभेच्छुक, आफन्त र सर्वसाधारणले शुभकामना दिन पाउने छन् । पूर्व राजपरिवार निकट उच्च स्रोतका अनुसार असार २३ गतेका दिन बिहान ११ बजेदेखि सर्वसाधारणका लागि निर्मल निवासको ढोका खोलिनेछ ।

पूर्व राजाको जन्मदिवस मनाउनका लागि नागरिक समाजका तर्फबाट रामभक्त पीबी ठाकुरको संयोजकत्वमा मूल समिति पनि गठन गरिएको छ । राजसंस्थाको अन्त्य भए पनि सामान्य नागरिक सरह पूर्व राजा शाहले निर्मल निवासमा जन्मदिनका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?