‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
२० पटक हेरिएको
Shares
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

सारांश

  • काठमाडौं।
  • सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।
  • यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो।

काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ। यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ।

ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ।

यस्तै विद्युतीयस्वरुपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ।

राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !
नाटकीय विद्रोहपछि स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री !
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने
आजको विनिमयदर कति ?
आजको विनिमयदर कति ?
त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन
त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?

तपाईंले छुटाउनुभयो कि?