भिभीआइपीका लागि डेढ अर्बको हेलिकप्टर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भिभीआइपीका लागि डेढ अर्बको हेलिकप्टर

सारांश

  • सरकारले भीभीआईपी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ ।
  • नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो ।
  • उक्त हेलिकप्टर सेनाको हवाई उड्डायन निर्देशनालयले सञ्चालन गर्नेछ ।

सरकारले भीभीआईपी राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो ।

उक्त हेलिकप्टर सेनाको हवाई उड्डायन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौविसै घण्टा तयारी अवस्थामा स्ट्यान्डबाई राखिनेछ । दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखिनेछ ।

खरिद सम्झौता अनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयान निर्देशनालयले बुझेर आफ्ना अरु हेलिकप्टरसँगै राख्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?