भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् ।
  • केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् ।
  • सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् । केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् ।

सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ । रावलले पार्टी एकताको विषयलाई लिएर पनि पार्टी नेतृत्वले गम्भिरताका साथ काम गरिरहेको भनाई राखेका छन् । उनले अब स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने धारणा राखेका छन् ।

गृहजिल्ला अछाममा रहेका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई शनिबार सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने दाबी गरेका हुन्।नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गरे ।

सुदूरपश्चिम र अछामको विकासका लागि आफूले निरन्तर संसद्देखि सरकारमा आवाज उठाइरहेको उनको भनाइ थियो । नेता रावलले नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको स्पष्ट पारे ।

 

बाबुराम छोडेकी करिष्मा अब कता ?
चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् । अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेकी छिन् । शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूले ओली र प्रचण्डलाई रोज्ने बताएकी छिन् । पत्रकार धमलाले करिश्मा मानन्धर पपुलर नाम हो । आज तपाई राजनीतिमा कहाँ हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘राजनीतिमा कहिलेपनि प्रेडिक्टेवल हुँदैन । कतिवेला मान्छे कहाँ हुन्छ ?

उनले आफूलाई अहिलेपनि बाबुराम भट्टराई मनपर्ने नेता भएको सुनाईन् । तर, आफू भट्टराईको पछि नलागेको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘म त विचार र पार्टीको पछि लागेकी हुँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने
आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
नेकपाको चियापन बुधबार
नेकपाको चियापन बुधबार
‘छक्का पन्जा ३’ काे जादु अमेरिकामा पनि
‘छक्का पन्जा ३’ काे जादु अमेरिकामा पनि
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
अभियानका रुपमा मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको सङ्केत हो : प्रधानमन्त्री
‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी

तपाईंले छुटाउनुभयो कि?