भुमिगत विप्लव किन अाउँदैछन् मंसिर ८ गते काठमाडाैमा ?
सारांश
- काठमाडौँ,१० कात्तिक ।
- नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते विशाल जनसभा गर्ने भएको छ ।
- नेकपाको केन्द्रीय समिति बैठकको निर्णय अनुसार जनसभा गर्न लागिएको हो ।
काठमाडौँ,१० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते विशाल जनसभा गर्ने भएको छ । नेकपाको केन्द्रीय समिति बैठकको निर्णय अनुसार जनसभा गर्न लागिएको हो । जनसभाबाट नेकपाले आफ्नो पार्टीको आगामी कार्यक्रमसँगै वार्तावारे धारणा सार्वजनिक गर्ने भएको छ । उसले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविकाबारे पार्टीको नयाँ नीति पनि सार्वजनिक गर्ने बताइएको छ ।
नेकपा स्रोतका अनुसार विशाल जनसभालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै शिर्ष नेताहरुले पनि जनसभालाई सम्बोधन गर्ने छन् । जनसभाबारे नेकपाले प्रचारप्रसारको तयार गरेको पोष्टर शुक्रबार सार्वजनिक भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया