वडा अध्यक्ष सहित पाँचजना कारागार चलान
सारांश
- रुकुम, १० कात्तिक ।
- पुथा उत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
- शिक्षक बेपत्ता पारेको अभियोगमा गाउँपालिका २ का वडा अध्यक्ष सतसिंह बुढा सहित ५ जना पूर्पक्षकालागि कारागार चलान भएको जिल्ला अदालत रुकुम (पूर्व) का श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
रुकुम, १० कात्तिक । पुथा उत्तरगंगा गाउँपालिका वडा अध्यक्ष पूर्पक्षका लागि कारागार चलान भएका छन् । शिक्षक बेपत्ता पारेको अभियोगमा गाउँपालिका २ का वडा अध्यक्ष सतसिंह बुढा सहित ५ जना पूर्पक्षकालागि कारागार चलान भएको जिल्ला अदालत रुकुम (पूर्व) का श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
पुथाउत्तरगंगा गाउँपालिका २ पेल्मा रहेको आधारभूत विद्यालयका शिक्षक मखनकुमार केसीलाई बेपत्ता बनाएको अभियोगमा वडा अध्यक्ष बुढासहित अन्य ५ जनालाई कारागार चलान गर्न निर्देशन दिएको हो । वडाअध्यक्ष बुढासहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, त्यहाँका स्थानीय रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका १० का खिन्ते भनिने विकास बुढालाई कारागार चलान गरिएको छ । गत भदौ १५ गतेदेखी वेपत्ता रहेका सिस्ने गाउँपालिका ६ रुकुमकोट स्थायी घर भएका केसीको अवस्थाबारे अझै कुनै जानकारी आउन सकेको छैन । जिल्ला न्यायधिश दुर्गाबहादुर भुषालको एकल इजलासले उनीहरुलाई करागार चलान गरिएको हो ।
शुक्रबार राती ८ बजे भएको आदेश अनुसार पुर्पक्षका लागि उनीहरुलाई रुकुम (पश्चिम)मा रहेको कारागार पठाइएको छ ।
प्रतिक्रिया