भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
  भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।
  • प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् ।

गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।

प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गरेका थिए । प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गरेका हुन् । यस्तै सरकारले आजै जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल रु पाँच÷पाँच करोड बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ नेपाली कामदारको उद्धार
आठ नेपाली कामदारको उद्धार
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै
इलाममा डा. गोविन्द केसी भोलीबाटअनसनका बस्दै
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
काठमाडौँ–४ मा रास्वपाका बम अग्रस्थानमा
काठमाडौँ–४ मा रास्वपाका बम अग्रस्थानमा
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
राप्रपाद्वारा वर्तमान सरकारमा नजाने घोषणा (विज्ञप्तीसहित)
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?