भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिने निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०८०
|
|
४१ पटक हेरिएको
Shares
भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिने निर्णय

सारांश

  • काठमाडाैं।
  • जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न  ५० हजार दिने निर्णय गरिएको छ।
  • सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न दुई किस्तामा ५० हजार दिने निर्णय गरेको हो।

काठमाडाैं। जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न  ५० हजार दिने निर्णय गरिएको छ।

सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न दुई किस्तामा ५० हजार दिने निर्णय गरेको हो।

बैठकमा समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने जानकारी दिए।

तत्काल अस्थायी आवास बनाउन नसकिए भूकम्पपीडितलाई चिसोको समस्या हुने कुरामा सरकार गम्भीर रहेको उनले बताए। उनले विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने बताए।

त्यस्तै उनले भूकम्पपछि उद्दारका काममा तीव्रता आएपनि भौगोलिक अवस्थाका कारण तत्कालै पूर्णरुपमा राहतको काम सम्पन्न गर्न नसकिएको जिकिर गरे।

समितिका सदस्य सचिव अनिल पोखरलले भूकम्पपछि राहतका लागि उपलव्ध भएका सामाग्रीहरुलाई निरन्तर जारी राखेको बताए। अस्थायी आवासको प्राथमिकताका बारेमा पनि छलफल सुरु गरेको र पीडितहरुलाई चिसोबाट जोगाउने काम सुरु गरिसकेको उनले बताए।

कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्।

त्यस्तै भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको समितिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?