बागमतीमा ६ मन्त्रीले लिए शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
५१ पटक हेरिएको
Shares
बागमतीमा ६ मन्त्रीले लिए शपथ

सारांश

  • मनहरी ।
  • बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् ।
  • मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

मनहरी । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन् । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिएका हुन् ।

यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेका छन् । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए । शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टि–२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा
टि–२० विश्वकप एसिया फाइनलको लागि २५ सदस्यीय टोली घोषणा
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु