भेटेनरी डाक्टरले पालेकै बोइलर कुखुरा कसरी स्वाहा भयो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
भेटेनरी डाक्टरले पालेकै बोइलर कुखुरा कसरी स्वाहा भयो ?

सारांश

  • सर्लाही जिल्लाको वरहथवा नगरपालीका वडा नं.
  • ५ का कुखुरा ब्यवसायी डा.
  • रामकिशोर महतोले पालेको कुखुरा मरेपछि उनलाई टाईको दुखाई भएको छ ।

सर्लाही जिल्लाको वरहथवा नगरपालीका वडा नं. ५ का कुखुरा ब्यवसायी डा. रामकिशोर महतोले पालेको कुखुरा मरेपछि उनलाई टाईको दुखाई भएको छ । उनले पालन गर्दै आएको २५ दिनमै आधा भन्दा वढी कुखुरा मर्दा उनलाई अढाई लाख रुपैयाँ घाटा लागेको छ । वोईलर जातका कुखुरा यहि पुस २ गते एक हजार वटा कुखुरा हालेका थिए । महिना दिनकै अवधिमा ६ सय ५० वटा मरिसकेको उनले जानकारी दिए । सुरुमा सर्लाहीको ठुलो वजार कुखुरा सप्लायर्सवाट प्रति कुखुरा ४ सयका दरले खरिद गरेर ल्याएका थिए । जम्मा हिसाव गर्दा अहिलेसम्म अढाई लाख वरावरको नोक्सान भएकोमा उनी चिन्तित छन् ।

उनी भन्छन, ‘म आफै भेटनरी डाक्टर हुँ, मैले जाँच गर्दा कुखुरामा पानीको कमीका कारण मृत्यु भएको अनुमान गरेको छु ।’ एक हजार वटा कुखुराका ४ लाख रुपैयाँ तिरेर सवै कुखुरा ल्याएका थिए उनले । ‘पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा भनेर सुरुमा ब्यवसाय सुरु गरे अहिले अवस्था यस्तो आयो’ उनले भने । यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त मानिने पेशा हो । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन पुगेको छ ।

यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादनको विक्री वितरणले एक दुई महिनामानै लगानी उठाउने सोच वुनेका महतो लाई वज्रपात भएको छ ।आफु स्वयम डाक्टर भएकाले यो व्यवसाय गर्न धेरै ठूलो समस्या होला जस्तो उनलाई लागेको थिएन ।नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध नभएका होइनन् । साथै, सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात् १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ तर उनले सुरुमै १ हजार खुकुरा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?