वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौ ।
  • प्रधानमन्त्री केपीशर्मा ओलीले गाउँपालिका, नगरपालिकामा जनताले नरुचाउने काम नगर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
  • कतिपय गाउँपालिकामा वडाध्यक्ष आफैले डोजर किनेर सडक बनाउने ठेक्का लिने गरेको गुनासो आएको बताउनुभयो ।

काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले गाउँपालिका, नगरपालिकामा जनताले नरुचाउने काम नगर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कतिपय गाउँपालिकामा वडाध्यक्ष आफैले डोजर किनेर सडक बनाउने ठेक्का लिने गरेको गुनासो आएको बताउनुभयो ।

“कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षयले महंगा गाडी किनेको, कतिपय वडाध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस । जनताले जे रुचाउछन् त्यस काममा केन्द्रीत हुनुहोस ।” कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराउनु भएको छ ।

स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधिले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गर्नुभएको हो । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डल अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भिर हुन आग्रह गर्नुभयो ।

राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउंदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्रीओलीले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताउनुभएको छ । प्रधानमन्त्रीओलीले गाउँपालिकादुर्गम ठाउँमा हुने, साधन स्रोतको कमीहुने भएकोले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतिमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

जतिसुकै चुनौति भएपनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण देश निर्माणका लागिजनताले तपाईंहरुलाई ठूलो जिम्मेवारी दिएका छन् ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kiran Rai

    खै वडा अध्यक्षको हैसिएत करोड्को डोजर किन्ने हुन सक्छ होला र बरु बरु डोजर ब्याबसायी वडा अध्यक्ष भएको हुन सक्छ । अब ब्याबसायिले ब्याबसाय छोडेर के गर्ने त कमिसनमा ड्रील गर्न सुरु गर्नु पर्ने भो त ,यो परम्परागत प्रबृत्ती नै ठिक हो त ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?