भेनेजुएलाका राष्ट्रपतीलाइ डोनाल्ड ट्रम्प प्रशासनले मान्यता नदिने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
भेनेजुएलाका राष्ट्रपतीलाइ डोनाल्ड ट्रम्प प्रशासनले मान्यता नदिने !

सारांश

  • ल्याटिन अमेरिकी देश भेनेजुएलाको निकोलस मदुरो अर्को कार्यकालका लागि दोहोरिएका छन् ।
  • त्यहाँ सम्पन्न राष्ट्रपतीय निर्वाचनमा निकोलस एक थप कार्यकालका लागि विजयी भएको  भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ।
  • तर  हालै सम्पन्न राष्ट्रपतीय निर्वाचन विपक्षीले बहिष्कार गरेको थियो ।

ल्याटिन अमेरिकी देश भेनेजुएलाको निकोलस मदुरो अर्को कार्यकालका लागि दोहोरिएका छन् । त्यहाँ सम्पन्न राष्ट्रपतीय निर्वाचनमा निकोलस एक थप कार्यकालका लागि विजयी भएको  भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ।

तर  हालै सम्पन्न राष्ट्रपतीय निर्वाचन विपक्षीले बहिष्कार गरेको थियो । विपक्षीले चुनावको नाममा सरकारले गलत खेल खेलेको आरोप लगाएको छ भने संयुक्त राज्य अमेरिकाले समेत नतिजालार्इ मान्यता नदिने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यो चुनावको नतिजालाई मान्यता नदिने जानकारी गराएको छ ।

जम्मा ४६ प्रतिशत मात्रै मत खसेको चुनावमा भेनेजुयलाका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिएलगत्तै नतिजा स्वीकार नगर्ने बताएका थिए। चुनावी प्रक्रिया वैध नरहेको र नयाँ चुनावको खाँचो रहेको उनको भनाइ छ ।

९० प्रतिशतभन्दा बढी मत गन्दा मदुरोले ६७।७ तथा फाल्कोनले २१।२ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

आर्थिक संकटमा रहेको भेनेजुयला मा  ७० प्रतिशत भन्दा बढी बालबालिका कुपोषणको सिकार भइरहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?