आज वर्षा र हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आज वर्षा र हिमपातको सम्भावना

सारांश

  • काठमाडौं, माघ १८ ।
  • पश्चिमी निम्न चापीय प्रणाली सक्रिए भएसंगै देशभरको मौसममा बदली भएको छ ।
  • हाल देशको मध्य तथा पुर्वी पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहेको छ।

काठमाडौं, माघ १८ । पश्चिमी निम्न चापीय प्रणाली सक्रिए भएसंगै देशभरको मौसममा बदली भएको छ । हाल देशको मध्य तथा पुर्वी पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहेको छ।

शनिबार दिनभर देशभर आशिंक बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

यस्तै आज राती उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका केही स्थानहरुमा हुस्सु र कुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने हुनाले सावधानी अपनाउन हुन महाशाखा ले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?