मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु

सारांश

  • काठमाडौँ, पुस १३ ।
  • गौशालाको होटल आमादब्लममा मध्यरातको साँढे १२ बजे कुटाकुट भएको छ ।
  • कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, पुस १३ । गौशालाको होटल आमादब्लममा मध्यरातको साँढे १२ बजे कुटाकुट भएको छ । कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदित्य गुरुङ रहेका छन् ।

मध्यरातमा बाहिरबाट आएका गुरुङसहितको टिमले होटलमा मदिरा मागेका थिए । होटलमा कार्यरत कर्मचारीले रातको समयमा दिन नमिल्ने भनेपछि झगडा सुरु भएको हो ।

विवाद बढ्दै गएपछि होटल कर्मचारी र गुरुङको समूह हात हालाहालमा उत्रिएको थियो । गुरुङले रिसेप्सनिस्टलाई बेल्टले प्रहार गर्न थालेपछि होटलमा रहेका गार्डसहितका कर्मचारी उनीमाथि आइलागेका थिए ।

होटल कर्मचारीले तत्कालै गुरुङमाथि मनिटर प्रहार गरे । मनिटर प्रहारबाट गम्भिर घाइते भएका उनलाई तत्कालै उपचारको लागि केएमसी अस्पताल लगियो । अस्पताल पुगेको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरे ।

केही वर्षदेखि नेपाल बस्दै आएका गुरुङ भारतको सिल्गुरीका हुन् । गुरुङको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याइएको छ ।

मृत्यु हुने व्यक्ति बरिष्ठ समाजसेवी तथा माइती नेपालकी सञ्चालक अनुराधा कोइरालाको नातेदार पर्ने बुझिएको छ ।

महानगरीय प्रहरी वृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको र उनीहरुमाथि अनुसन्धान शुरु भएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?