विमानस्थलभित्र यसरी बेचिन्छ मदिरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
विमानस्थलभित्र यसरी बेचिन्छ मदिरा

सारांश

  • काठमाडौं – मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्झौताविपरीत मदिरालगायत सामग्री बिक्री हुनेगरेको पाइएको छ।
  • त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्षमा ‘सेटिङ’ मिलाएर सम्झौताविपरीत विमानस्थल सुरक्षाका हिसाले जोखिमपूर्ण वस्तु बिक्री हुने गरेको हो।
  • मदिरा विमानस्थल सुरक्षाका हिसाबले खतरापूर्ण मानिन्छ।

काठमाडौं – मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्झौताविपरीत मदिरालगायत सामग्री बिक्री हुनेगरेको पाइएको छ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्षमा ‘सेटिङ’ मिलाएर सम्झौताविपरीत विमानस्थल सुरक्षाका हिसाले जोखिमपूर्ण वस्तु बिक्री हुने गरेको हो। मदिरा विमानस्थल सुरक्षाका हिसाबले खतरापूर्ण मानिन्छ। कहिले काहिँ यात्रुहरुले त्यहीँ मदिरा पिएर झै–झगडा गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन्। आजको नागरिक दैनिकमा खबर छ ।

त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु भने सम्झौताविपरीत वस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेर बसेको सम्बद्ध स्रोतले जानकारी दिएको छ।

विमानस्थल टर्मिनल भवनमा व्यापारिक पसल–कबल सञ्चालन गर्ने व्यापारी वा फर्मले विमानस्थल व्यवस्थापनसँग सम्झौता गरेका हुन्छन्। यस्तो सम्झौतामा के कस्ता सामान बेच्नेदेखि पसल सञ्चालन अवधिलगायत बुँदा समेटिएका हुन्छन्।

म्झौतामा उल्लेख भएका वस्तुबाहेक चकलेटसम्म बेच्न नपाइने संवदेशील ठाउँमा मदिरा समेत बिक्री हुँदा सुरक्षा ‘थ्रेट’ बढेको स्रोतको दाबी छ। प्राधिकरणले गठन गरेको एक अनुगमन टोलीले तयार पारेको प्रतिवेदनमा विमानस्थलका पसलमा सम्झौताविपरीत बिक्री वितरण भइरहेका वस्तुबारे उल्लेख गरिए पनि मदिराबारे केही उल्लेख नगर्दा सेटिङमै गैरकानुनी काम भइरहेको आशंका गरिएको हो।

प्राधिकरणका कर्पोरेट महाशाखा प्रमुख रामचन्द्र सुवेदीको संयोजकत्वमा गठित अनुगमन टोलीले अन्तर्राष्ट्रिय टर्मिनल भवनका अधिकांश पसलले तोकिएको स्थानभन्दा बाहिरपट्टि सामान झुण्ड्याएर राखेको, सम्झौतामा उल्लेख नभएका सामान बेचेको लगायत कैफियत भेटे पनि आजसम्म कसैलाई कारबाही नगरेको स्रोतको दाबी छ।

‘त्यहाँका दुईवटा पसलले सुरुदेखि नै मदिरा बिक्री गरिरहे पनि निरीक्षण प्रतिवेदनमा उक्त बेहोरा उल्लेख छैन,’ स्रोतले सोमबार नागरिकसँग भन्यो, ‘व्यापारी सुभाष श्रेष्ठले सञ्चालन गरेको होटल स्वनिग र एयरपोर्ट टी, कफी एन्ड कन्फेक्सनरीबाट मदिरा बिक्री हुन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
सभामुख महराको प्रेस संयोजकमा दाङबाट डिल्ली मल्ल सिफारिस
जेठ ६ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको आफ्नो शुभ अंक
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
विराट गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा
विराट गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा
शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने, बहुविवाह गरे ५ वर्षसम्म कैद
अब एक व्यक्तिले दोहोरो उम्मेदवारी दिन नपाउने
अब एक व्यक्तिले दोहोरो उम्मेदवारी दिन नपाउने
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि
बुधवार ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु