रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

सारांश

  • काठमाडौं ।
  • रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राष्ट्रिय विभूति घोषणा गर्न प्रस्ताव बुझाइएको हो ।

काठमाडौं । रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राष्ट्रिय विभूति घोषणा गर्न प्रस्ताव बुझाइएको हो ।

स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईको संयुक्त प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ ।

प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने बताए । ‘तपाईंहरुले बडो महत्वको विषय उठाउनुभएको छ, रामप्रसाद राई को हुनुहुन्छ, मलाई राम्रोसँग जानकारी छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?