​घरका छानाबाटै ६ सय मेगावाट बिजुली !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
​घरका छानाबाटै ६ सय मेगावाट बिजुली !

सारांश

  • काठमाडौ,८ भदाै ।
  •  छानाबाटा ६ सय मेगावाट बिजुली उत्पादन !
  • के यो सम्भव छ ?

काठमाडौ,८ भदाै । छानाबाटा ६ सय मेगावाट बिजुली उत्पादन ! के यो सम्भव छ ? तर, एक अध्ययनले उपत्यकाको घरका छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने जनाइएकोछ । उर्जा क्षेत्रमा रहेका व्यवसायीहरुको संस्था इनर्जी डेभलपमेन्ट काउन्सिलका अनुसार उपत्यकामा यस्तो सम्भावना देखिएको हो । काउन्सिलका कार्यकारी सदस्य तथा सरल उर्जाका प्रमुख कार्यकारी आशिष चालिसेका अनुसार उपत्यकका २० प्रतिशत घरमा मात्र सोलार प्यानल राख्दामात्र ६ सय मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ ।

चालिसेले एक कार्यक्रममा भने, ‘सन् २०११ को तथ्यांकमा उपत्यकमा ८ लाख घर थिए अहिले त्यो बढेर १० लाख पुग्यो त्यसको २० प्रतिशत अर्थात् २ लाख घरका छानामा मात्र सोलार प्यानल राखेर उत्पादन गर्दा ६ सय मेगावाट विजुली उत्पादन हुने देखिन्छ ।’ उपभोक्ताको घरमा जोडिएका त्यस्ता सोलारलाई ग्रिडमा जोड्ने र त्यसरी दिनभर उत्पादन भएको बिजुली प्राधिकरणले लिने राति उपभोक्ताले खपत गरेको बिजुलीको हिसाब पैसाको हिसाब मिलाउने व्यवस्था नेट मिटरिङ हो । तर, अहिलेको कानूनी व्यवस्थाले प्राधिकरणले बिजुलीकोमात्र मिटरिङ गर्ने, उपभोक्तालाई पैसा फिर्ता गर्ने व्यवस्था यसमा बाधक रहेको चालिसेको भनाइ छ ।

विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले भने प्राधिकरणले घरायसी खालको नेट मिटरिङ सुरु गरिसकेको र अहिलेसम्म उपत्यकामा २० जना ग्राहक जोडिएको जानकारी दिए। अहिले नेट मिटरिङ जहाँ बिजुलीको मात्र मिटरिङ हुन्छ उपभोक्ताको विजुली खपतभन्दा धेरै भएमा पैसा दिने व्यवस्था मनी मिटरिङ नभएको उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या
इन्डोनेसियाको पपुवामा निर्माण क्षेत्रमा संलग्न २४ मजदुरको गोली हानी हत्या
मनाेरञ्जन समाचार : ४५ वर्षीया मलाइकाको यो फोटोले उडायो होश
मनाेरञ्जन समाचार : ४५ वर्षीया मलाइकाको यो फोटोले उडायो होश
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
कांग्रेस गठबन्धनको उपहार नेपालको विद्युत उत्पादनमा भारतीय काँडेतार ”
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
Checkout who is playing whom in the Sanjay Dutt biopic ‘Sanju’
Checkout who is playing whom in the Sanjay Dutt biopic ‘Sanju’
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
बलात्कार गर्न खोज्ने पक्राउ
बलात्कार गर्न खोज्ने पक्राउ
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छुः निर्देशक द्विवेदी
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु