मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने

सारांश

  • हेटौँडा, ९ कात्तिक   जिल्ला निर्वाचन कार्यालय, मकवानपुरद्वारा जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आचारसंहिता अक्षरशः पालना गर्नेसम्बन्धी विभित्र राजनीतिक दलहरुको तर्फबाट हुने उम्मेदवारका लागि आज एक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
  • सो छलफल कार्यक्रममा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेकपा (माओवादी केन्द्र)का सहइन्चार्ज प्रेमबहादुर पुलामी, नेपाली काँग्रेसका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा र राप्रपा मकवानपुरका प्रतिनिधि सीताराम बर्तौलाले निर्वाचन आयोगले तोकेको आचारसंहितालाई अक्षरशः पालना गर्ने दृढता व्यक्त गर्दै दलगतरुपमा निषेध गरिएको निर्वाचन सामग्री वितरण नगर्ने र दलको तर्फबाट उम्मेदवारहरुले आचारसंहिता विपरीत कार्य गरेमा निर्वाचन आयोगले कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
  • सो कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयको तर्फबाट जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको राजनीतिक दल तथा विभित्र दलको तर्फबाट उम्मेदवार भएका व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता र चुनावी प्रचारप्रसार अभियानलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने र निर्वाचन ऐनको विषयमा जानकारी गराउनुभएको थियो ।

हेटौँडा, ९ कात्तिक   जिल्ला निर्वाचन कार्यालय, मकवानपुरद्वारा जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आचारसंहिता अक्षरशः पालना गर्नेसम्बन्धी विभित्र राजनीतिक दलहरुको तर्फबाट हुने उम्मेदवारका लागि आज एक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

सो छलफल कार्यक्रममा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेकपा (माओवादी केन्द्र)का सहइन्चार्ज प्रेमबहादुर पुलामी, नेपाली काँग्रेसका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा र राप्रपा मकवानपुरका प्रतिनिधि सीताराम बर्तौलाले निर्वाचन आयोगले तोकेको आचारसंहितालाई अक्षरशः पालना गर्ने दृढता व्यक्त गर्दै दलगतरुपमा निषेध गरिएको निर्वाचन सामग्री वितरण नगर्ने र दलको तर्फबाट उम्मेदवारहरुले आचारसंहिता विपरीत कार्य गरेमा निर्वाचन आयोगले कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

सो कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयको तर्फबाट जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले निर्वाचन आयोगले तोकेको राजनीतिक दल तथा विभित्र दलको तर्फबाट उम्मेदवार भएका व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता र चुनावी प्रचारप्रसार अभियानलाई निष्पक्ष र पारदर्शी बनाउनु पर्ने र निर्वाचन ऐनको विषयमा जानकारी गराउनुभएको थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको अनुगमन गर्ने र अनुगमन गर्दा उल्लंघन गरेको पाइएमा कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने तथा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पत्र गराउन शान्ति सुरक्षा मजबुत तुल्याउने बताउनुभयो ।

सो छलफल कार्यक्रममा मकवानपुरका विभित्र राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र सञ्चारकर्मीको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?