सर्वोच्चमा रवि लामिछानेविरुद्ध अर्को रिट दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सर्वोच्चमा रवि लामिछानेविरुद्ध अर्को रिट दर्ता

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्धा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
  • लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा चलाउन आवश्यन नभएको भन्दै प्रहरीले मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेकोकोमा मधान्यायाधिवक्ताले समेत लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेका बेला आज उनीविरुद्ध मुद्धा चलाउन माग राखि रिट दायर भएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्धा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा चलाउन आवश्यन नभएको भन्दै प्रहरीले मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेकोकोमा मधान्यायाधिवक्ताले समेत लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेका बेला आज उनीविरुद्ध मुद्धा चलाउन माग राखि रिट दायर भएको हो ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा चलाउन माग गर्दै सिन्धुलीका युवराज पौडेल उर्फ सफलले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका छन् । उनले सरकारी वकिलको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

अमेरिकी नागरिकता कायम रहेको बेला नेपाली नागरिकता लिएको र उक्त नागरिकताकै आधारमा रविले १३ जेठ २०७२ मा नेपाली राहदानी लिएका थिए । यसरी राहदानी दुरुपयोग भएको भन्दै उनीविरुद्ध मुद्दा चलाउन सफलको माग छ ।

नागरिकता मुद्दामा लामिछानेको सांसद पदसहित तत्काल कायम रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद समेत खारेज भएको थियो ।

अहिले उनी पहिलेकै निर्वाचन क्षेत्र चितवन २ बाट निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । शनिबार मात्रै उनले उम्मेदवारी घोषणा गरेका थिए । उनले उम्मेदवारी घोषणा गरेपछि आइतबार नै उनीविरुद्ध सफलले मुद्दा दायर गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?