मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
६४ पटक हेरिएको
Shares
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी

सारांश

  • सप्तरी, २१ मंसिर यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ।
  • डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् ।
  • प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् ।

सप्तरी, २१ मंसिर यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ।

डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर साह मतदान अधिकृत रहनुभएको छ र यस केन्द्रमा अहिले कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएका छैनन् ।
त्यहाँ खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदाताको प्रतीक्षामा रहेका छन् । यहाँबाट गाउँलेलाई मत खसाल्न नदिएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको बताइन्छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत प्रदेश नं २ को सप्तरी जिल्ला बाँकी सबै मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं हर्षोल्लासपूर्वक मतदान भइरहेको समाचार छ ।

मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि यहाँ तीन तहमा सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनुभएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन
मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
‘नालापानी’मा  नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)
‘नालापानी’मा नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
इमान्दारिता मरेको छैन…
इमान्दारिता मरेको छैन…
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल
संविधान संशोधनको विषय अध्ययन गर्न एकीकृत समाजवादीले ज्वालाको संयोजकत्वमा बनायो कार्यदल