मतपत्र छपाइ सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ ।
  • जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए।
  • उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई बुझाइसकेको र दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतपत्र पुर्‍याउन प्याकिङको काम भइरहेको जानकारी दिए।

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए।

उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई बुझाइसकेको र दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतपत्र पुर्‍याउन प्याकिङको काम भइरहेको जानकारी दिए।

उनका अनुसार मतपत्र छपाइमा संवेदनशीलता अपनाउँदै तीनघेरा सुरक्षा चक्रमा छपाइ कार्य सकेको हो । उनका अनुसार पहिलो घेरामा सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको रोहबरमा मतपत्र छपाइ कार्य पूरा भएको हो । उनका  अनुसार समानुपातिकका लागि १ करोड ७५ लाख थान मतपत्र छापिएको छ । सबै मतपत्र छाप्न ३० करोड लागत लागेको उनले बताए । जनकले २०३६ सालदेखि मतपत्र छाप्दै आएको छ।

निर्वाचन आयोगका प्रवक्ता  नवराज ढकालले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतदान केन्द्रमा मतपत्र पुर्‍याइसकेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?