गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने र कांग्रेस बलियो भएमात्र मुलुक र राष्ट्रियता बलियो हुने बताएकी छिन् ।
  • गिरिजाप्रसाद कोइराला फाउण्डेशनले नवौँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘सहमति, सहकार्य र एकताका महान् अभियान्ता गिरिजाबाबु’ विषयको विचार गोष्ठीमा कांग्रेस बलियो बनाउन पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताइन् ।

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने र कांग्रेस बलियो भएमात्र मुलुक र राष्ट्रियता बलियो हुने बताएकी छिन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले नवौँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘सहमति, सहकार्य र एकताका महान् अभियान्ता गिरिजाबाबु’ विषयको विचार गोष्ठीमा कांग्रेस बलियो बनाउन पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताइन् ।

मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको उल्लेख गर्दै कांग्रेसको मात्र नभई मुलुककै नेता भएको उल्लेख गरिन् । शान्ति र मुलुकको समग्र विकासका लागि गिरिजाबाबुको नाममा स्थापना भएको फाउण्डेशनमा सबै पार्टीका नेता तथा कार्यकर्ता आबद्ध हुनसक्ने भनाइ थियो ।

केन्द्रीय सदस्य शेखर कोइरालाले सहमति, सहकार्य र एकतामा विश्वास राख्ने गिरिजाबाबुकै पार्टी कांग्रेसभित्र उक्त अभ्यास हुन नसकेको बताए । गिरिजाबाबुको योगदानलाई कांग्रेसले नै बिर्संदै गएको भन्दै पार्टीलाई ऊर्जाशील बनाउन तोकिएकै समयमा पार्टीको १४ औँ महाधिवेशन गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य गगनकुमार थापाले हिंसाको दलदलमा फसेको मुलुकलाई हिंसामुक्त बनाएर शान्तिको बाटोमा ल्याउन गिरिजाबाबुको ठूलो योगदान स्मरण गरे । गिरिजाबाबुले भनेजस्तै पार्टीभित्र सहमति, सहकार्य र एकताको खाँचो भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
चार निर्वाचनमा हार र जितको ह्याट्रिक अनुभव
एमाले र मेयर बालेन पुनः आमनेसामने
एमाले र मेयर बालेन पुनः आमनेसामने
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
Bill Maher says his Trump-orangutan jokes are not the same as Roseanne’s ‘ape’ tweets
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
हल्लमट्वाँट (हास्यब्याङग्य)
हल्लमट्वाँट (हास्यब्याङग्य)
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प
चाँगुनारायण केन्द्रबिन्दु भएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प