एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३० पटक हेरिएको
Shares
एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन

सारांश

  • जाजरकोट, २० वैशाख, बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ ।
  • अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् ।
  • उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।

जाजरकोट, २० वैशाख, बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ ।

अस्पतालमा कार्यरत छैटौँ तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ सालदेखि सम्पर्कविहीन छन् । उनी कहाँ छन् के गरिरहेका छन्, अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।

स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार ९० दिनसम्म बिना सूचना कार्यालयमा अनपस्थित भए विभागीय प्रमुखले स्वतः अवकाश गर्न सक्ने कानूनी प्रावधान छ । अस्पताल प्रशासनले उनलाई कारबाहीका लागि सम्बन्धित निकायमा पटकपटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार यादवले पाउने सबै बिदा सकिइसकेका छन् । यस अवधिमा उनले कार्यालयबाट तलबसमेत लिएका छैनन् । स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पूरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक सञ्चालन गरेर बसिरहेका छन् ।

नियमित हाजिर भएर पाउने सुविधाभन्दा निजी क्लिनिकमा धेरै पैसा कमाइ हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सनलगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेका छन् ।

हाजिर हुन आउनेबारे उनको घर ठेगानामा पत्राचार गरिएको, सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारीसमेत गरिसकिएको छ तर कारबाही हुन सकेन, अस्पतालका प्रशासन प्रमुख लामिछानेले भन्नुभयो, “लामो समय बिना सूचना अनुपस्थित हुने स्वास्थ्य सहायक यादवलाई अवकाश गर्नसक्ने अधिकार स्वास्थ्य सेवा विभागलाई छ तर कानूनी झमेलाका कारण बरखास्त नहुँदा उनको पद लामो समयदेखि होल्ड भएर बसेको छ । उहाँको कारबाही नहुँदासम्म अर्को पदपूर्तिसमेत हुन सक्दैन जसले गर्दा उपचार सेवा समेत प्रभावित भएको छ ।”

अस्पताल प्रमुख डा केशरजंग कार्कीले लामो समयदेखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्कविहीन हुँदा उपचार सेवा प्रभावित भएको बताउनुभयो । दरबन्दी होल्ड छ, यादवलाई कारबाही गरी पदपूर्ति गर्न बारम्बार विभागमा ताकेता गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
राष्ट्रियसभाबाट दुई विधेयक पारित
राष्ट्रियसभाबाट दुई विधेयक पारित
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त
महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम
रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज, उम्मेदवारी कायम