मधेस केन्द्रित दलका सांसदद्वारा बैठक बहिष्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७३
|
|
१२२ पटक हेरिएको
Shares

सारांश

  • मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन् ।
  • मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार गर्ने जानकारी आजको बैठकमा दिएका छन् ।
  • उनले मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन पनि आग्रह गरे छन्।

मधेस केन्द्रित दलका सांसदहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिस्कार गरेका छन् ।

मेधस केन्द्रित दलले उठाउँदै आएका माग सम्बोधन गर्नेतर्फ पहल नभएको, सामाजिक सद्भाव कायम गर्ने भन्दा पनि भड्काउनेतर्फ प्रमुख दल क्रियाशील रहेको भन्दै सांसद धर्मेन्द्रकुमार साह तेलीले आफूहरुले बैठक बहिस्कार गर्ने जानकारी आजको बैठकमा दिएका छन् ।

उनले मधेसवादी दलले उठाउँदै आएको संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन र सहमति तथा सहकार्यको वातावरण बनाउन पनि आग्रह गरे छन्।

उनका  सो आग्रह लगत्तै मधेस केन्द्रित दलका सांसदहरुले नाराबाजी गर्दै बैठक बहिस्कार गरेका थिए । बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायतका दलसँग आबद्ध सांसदहरु थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?