मनाङमा फेरि देखियो कोरोना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो ।
  • सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ ।
  • जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।

देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।

हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार नौ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।

शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् । हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाफ्नै बावुद्वारा छाेराकाे हत्या !
अाफ्नै बावुद्वारा छाेराकाे हत्या !
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
सोलुखुम्बुमा चार रेक्टरको भूकम्प
सोलुखुम्बुमा चार रेक्टरको भूकम्प
मुलुकी संहिताको विपक्षमा नेपालका प्रमुख मिडियाका सम्पादकहरु
मुलुकी संहिताको विपक्षमा नेपालका प्रमुख मिडियाका सम्पादकहरु
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
स्थानीय तह निर्वाचन : कसले कति जिते ?
जङ्गली हात्तीले दुः ख दिन थाल्यो
जङ्गली हात्तीले दुः ख दिन थाल्यो
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?

तपाईंले छुटाउनुभयो कि?