जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
सारांश
- सिमरा ।
- जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।
- सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा अहिले केही बेर अघि मतगणना सुरु भएको हो ।
सिमरा । जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा अहिले केही बेर अघि मतगणना सुरु भएको हो ।
निर्वाचन कार्यालयका अधिकृत भिमप्रसाद भुर्तेलका अनुसार वडा नम्बर १ बाट मतगणना सुरू भएको हो ।
सोमबार राति बसेको सर्वदलीय बैठकले बदर सदर भोटबारे सहमति जनाएपछि आज बिहानबाट मतगणना सुरु भएको हो ।
यसअघि जितपुरस्थित उपमहानगरपालिकाको कार्यालयमा मतगणना हुने भनेपनि त्यहाँको ठाउँ साँघुरो हुने र सम्भावित घटनाको मध्यनजर गर्दै सिमरामा सारिएको बताइएको हो ।
२४ वडा रहेको उपमहानगरमा मतगणनाका क्रममा हुनसक्ने असवधानीका लागि प्रहरी परिचालन गर्नुका साथै मतगणना स्थानमा तारजालीको प्रयो गरिएको छ । मतगणनास्थलमा सीसी क्यामेराको प्रयोगसमेत गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया